close

कोमल वलीको चुनावी भेलामा विद्यार्थी

कोमल वलीको चुनावी भेलामा विद्यार्थी

Trulli
ADVERTISEMENT

दाङ । नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कोमल वलीको चुनावी सभाको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनले विद्यार्थीहरूलाई राखेर चुनावी भेला गरेपछि अहिले तस्विर भाइरल भएको हो । 

निर्वाचन आचारसंहिता चुनावी भेलामा विद्यार्थी र शिक्षकहरूलाई राखेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिर बबई गाउँपालिका–१ गँगटेस्थित सरस्वती जनता माविको हो । गत कात्तिक १५ गते वलीले विद्यार्थीहरूसँग छलफल गरेकी थिइन्।

विद्यार्थीलाई विद्यालयको परिसर बाहिरको मैदानमा राखेर चुनावको पोष्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेकी अध्ययनरत एक विद्यार्थीले बताए । ओलीले त्यहाँ भाषणसँगै ‘मलमलकिरी जुनकिरी’ बोलको गीत गाउदै नाचगानसमेत गरेकी थिइन् ।