close

देउवा पुगे डडेलधुरा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्। देउवा आसन्न निर्वाचन प्रचार प्रसारका लागि उनी आज डडेलधुरा पुगेका हुन्  । 

प्रधानमन्त्री देउवाले कात्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न पालिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्दा उनलाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि फूलमाला लिएर बसेका थिए।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन्।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।