close

चुनावी वाचा पूरा गर्छु :  रवि

चुनावी वाचा पूरा गर्छु :  रवि

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् ।

बिहीबार चुनावी बाचा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  

साथै, उनले मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।

‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’