close

कार्यकक्षमै टिकटक बनाएपछि आलोचित वडाअध्यक्ष रिजाल पुनः विवादमा, निर्वाचन आयोगले ५ हजार तिरायो

कार्यकक्षमै टिकटक बनाएपछि आलोचित वडाअध्यक्ष रिजाल पुनः विवादमा, निर्वाचन आयोगले ५ हजार तिरायो

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । 

काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । 

आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । 

स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था छ । रिजालकै फेसबुकमा प्रचारमा संलग्न भएको आधारमा जरिवाना गरिएको आयोगले जनाएको छ ।