close

नेपाल समाजवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक ​​​​

नेपाल समाजवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक ​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो चुनावी घोषणापत्रमा सार्वजनिक गरेको छ । नेपाल समाजवादीले जारी प्रतिबद्धतापत्रमा १२ बुँदे प्रतिबद्धतापत्रमा  ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ नारा उल्लेख छ । 

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ ।

लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुल्ला शहर बनाउने नेसपाका अन्य वाचा रहेका छन् ।

यस्तै, घोषणापत्रमा उच्च तहका भ्रष्टाचार छानविन गरी कारवाहीका लागि  जनलोकपाल गठन गर्ने पनि उल्लेख छ ।सार्वजनकि गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १० बुँदामध्ये दुई नम्बर बुँदामा जनलोकपाल गठन गर्ने बताइएको छ । 

उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकारसम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ’, नेसपाका घोषणापत्रमा भनिएको छ  । देशैभरिका उद्यमीलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने अन्य वाचाहरू नेसपाको प्रतिबद्धतापत्रमा समेटिएको छ ।