close

कांग्रेस–माओवादी गठबन्धन२०६२/०६३ को निरन्तरता हो : बलबहादुर केसी

कांग्रेस–माओवादी गठबन्धन२०६२/०६३ को निरन्तरता हो : बलबहादुर केसी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबै इमानदार हुनुपर्ने बताएका छन् । शनिबार जिल्ला समन्वय समितिद्वारा गरेको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन प्रतिगमन भएका बताउँदै उनले २०६२÷२०६३ सालमा सत्ता पक्षका सात दल र तत्कालीन विद्रोही दल नेकपा माओवादीबीच अघोषित रुपमा गठबन्धन भएको बताए । 

यस्तै, उनले नेपाली कांग्रेस, नेकपा माओवादीलगायत दलमात्रै गठबन्धनमा नहोमिएको बताउँदै नेकपा एमालेले प्रतिगमनकारीसँग चुनावी तालमेल गरेको आरोप लगाए । यस्तै, चुनावमा काठमाडौंबाट आफ्ना मान्छे  सोलु पठाउँदा सचेत हुनुपर्ने उनले बताए । 

‘हाम्रा तीनै दलका शुभचिन्तक मतदातालाई हरेक गाउँका सम्पर्क समितिका अध्यक्षलाई समन्वय गरी मंसिर ४ गते भन्दाअगाडि भोट हाल्नका लागि यहाँबाट तपाईहरुले पठाइदिनुपर्छ । यो भेलाले पुग्दैन । किनभने चुनाव जित्ने पहिलो कुरा हो । तर मतदातालाई पठाउँदा के विचार गर्नुपर्छ भने घुसपैठ होला, सबै काँग्रेस भन्लान्, काँग्रेसले माओवादी माओवादीले काँग्रेस चिन्दैन । त्यो भित्र एमालेले आफ्ना मान्छे पठाउन सक्छ । यो मेरो अनुभव छ । एक पटक काँग्रेसका पठाएको भनेको माओवादी चलाख सबै माओवादीका परेछन् । परिणाम मैले हारेँ । प्रश्न चुनाव जित्नु हो ।’

गठबन्धनले देश, जनता र संविधानलाई फाइदा हुने काम गर्ने दाबी गरे । उनले अहिलेको अवस्थाको गाउँको फोटो खिचेर राख्न र आफूले जितेको ३ वर्षपछिको परिवर्तनसँग सोलुखुम्बुको मूल्यांकन गर्न चुनौती दिए । 

गबठन्धनका ५ दल मिल्दा पनि नेकपा एमालेले जितेको खण्डमा गठबन्धनका कुनै दलको पनि अस्तित्व नरहने उनको भनाइ थियो । 

यस्तै, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका सोलुखुम्बु जिल्ला संयोजक असिम राईले पनि गठबन्धनको अहिलेको आवश्यकता रहेको बताउँदै कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसले माओवादीलाई मतदान गर्न आग्रह गरे । 

सात÷सात पटक सोलुखुम्बुबाट बलबहादुर केसीले नै टिकट पाएको भनी आलोचना भइरहेको  भन्दै सो आलोचना सान्दर्भिक नभएको बताए । सोलुबाट बलबहादुर केसीले सात पटकसम्म टिकट पाउनुमा बलबहादुरको योगदान र क्षमता रहेको उनको भनाइ थियो ।

सोलुखुम्बु निर्वाचन क्षेत्रकका उम्मेदवार करज्याङ शेर्पाले विगतमा सोलु कांग्रेस र माओवादीबीच जे–जस्ता व्यवहार भए ती तितामिठा बिर्सिएर विकासका लागि अघि बढेको बताए ।