close

परिवर्तनको रक्षा गर्न गठबन्धन : पौडेल

परिवर्तनको रक्षा गर्न गठबन्धन : पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले परिवर्तन बचाउन गठबन्धन भएको बताएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

यस्तै, कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनी प्रचार गरेको उनको भनाइ छ । 

पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीको नाम लिएर उनले प्रतिगमन अब नफर्कने बताए ।  ‘छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ,’ उनले भने, ‘त्यसलाई जनताले चिन्नुपर्छ ।’