close

किन पठाइन् उपमेयर डंगोलले आयोगलाई पत्र

किन पठाइन् उपमेयर डंगोलले आयोगलाई पत्र

Trulli
काठमाडौंकी उपमेयर डंगोल भन्छिन् – जनताको शासक होइन सेवक बन्न तत्पर छु
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचन आयोगलाई पत्र पठाएकी छन् । आफ्नो नामबाट आइडी खोजी त्यसको दुरुपयोग गरेको भन्दै त्यसलाई  रोक्न र आइडीको दुरुपयोग गर्नेलाई कारबाही गर्न माग गर्दै उनले निर्वाचन आयोगलाई पत्र पठाएकी हुन् । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् ।

आयोगलाई एक पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कारबाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना, समन्वय र सहयोगका लागि समेत संवेदनशील रहेको बताएकी छन् । आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उनले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताएकी छन् ।

‘४ मंसिरमा हुने निर्वाचनलाई केन्द्र बनाएर अफबाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘यस्तो कार्यप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन आग्रह गर्दछु ।’