काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो । नेपालले झुटो आश्वासन दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।