close

भोट माग्ने हेडसरलाई २४ घण्टे स्पष्टीकरण

भोट माग्ने हेडसरलाई २४ घण्टे स्पष्टीकरण

Trulli
ADVERTISEMENT

पर्वत । जिल्लाको एक शिक्षकलाई भोट मागेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । फलेवास नगरपालिका–४ स्थित बाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई जिल्ला निर्वाचन कार्यालय स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जालबाट भोट मागेको तथा विरोध गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो । तिवारीले जिल्ला निर्वाचन कार्यालयमा आफै उपस्थित भएर लिखित स्पष्टीकरण दिनु पर्नेछ । 

‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार सामाग्री पोष्ट तथा शेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको’ जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।