close

मधेशका मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका ३ मन्त्री

मधेशका मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका ३ मन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट संघीय सरकारका मन्त्री बनेकाहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन मन्त्रीलाई शुक्रबार हटाएका हुन्।

प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए।

सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन्।