close

देउवाले गरे चार मन्त्री बर्खास्त

देउवाले गरे चार मन्त्री बर्खास्त

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्रीलाई बर्खास्त गरेका छन् । 

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चारवटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् । श्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै असोज २०७८ मा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार २० असारमा मात्र मन्त्री बनेका थिए ।