close

जनताको अपमान गर्न मेरो टिकट खोसियो : भीम रावल

जनताको अपमान गर्न मेरो टिकट खोसियो : भीम रावल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै रावलले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको दाबी गरेका हुन् ।

'होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ ?', उनले भने।

उनले थपे, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’

साथै उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ।

टिकट पाएर असन्तुष्ट रहेका नेकपा एमालेका नेता भीम रावलले पार्टी नछाड्ने बताएका छन् । 

बिहीबार राजधानीमा एक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताए । साथै उनले नेकपा एमालेप्रति व्यापक असन्तुष्टि पोखेका छन् ।

२०७५ सालमा नेकपा एमाले र नेकपा माओवादीबीच एकतापछि बनेको नेकपा गठनको प्रक्रियादेखि एसएसपीसम्म आइपुग्दा पार्टी नेतृत्वले गरेका कार्य उठाए । 

आफूले टिकट नपाए पनि पार्टीले टिकट दिएका उम्मेदवारलाई सहयोग गर्ने उनको भनाइ छ ।  पार्टीभित्रै रहेर विकृतिविरुद्ध लड्ने उनको भनाइ छ ।