close

मोरङका २ उम्मेदवार अस्पताल भर्ना

मोरङका २ उम्मेदवार अस्पताल भर्ना

Trulli
ADVERTISEMENT

मोरङ । नेपाली कांग्रेसका दुई उम्मेदवार अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

स्वास्थ्यमा समस्या आएपछि मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभा सदस्यका उम्मेदवार  शेखरचन्द्र थापा र गठबन्धनको तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) का लागि प्रदेशसभा सदस्यका उम्मेदवार गुरूराज घिमिरेलाई अस्पताल भर्ना गरिएको हो । 

उम्मेदवार थापालाई नोबेल मेडिकल कलेजको न्यूरो डिलक्स वार्डको १० नम्बर कोठामा भर्ना गरिएको छ भने अर्का उम्मेदवार घिमिरेलाई सोही वार्डको ९ नम्बर कोठामा भर्ना गरिएको गरिएको छ ।