काठमाडौं । सत्तारुढ गठबन्धनको गठबन्धनले भोलिसम्म बागी उम्मेदवारी फिर्ता नलिने उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेको छ । बुधबार बसेको गठबन्धनको बैठकले गठबन्धनविरुद्ध बागी उठेका उम्मद्वारहरुलाई यस्तो चेतावनी दिएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो ।
आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन समय दिएको छ ।