काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ ।
महामन्त्रीविरुद्ध नेपाली कांग्रेसकै नेता विनोदबाबु प्रधानले बागी उम्मेदवारी दिएका हुन् ।
राजनीतिक हिसाबले उनी गगनकुमारभन्दा अग्रज हुन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि जिल्लाबाट गगनकुमार थापासहित उनको पनि नाम सिफारिस भएको थियो । तर, प्रतिनिधिसभाबाट नाम काटेर गगनकुमार थापालाई सर्वसम्मत सिफारिस गरिएको थियो । र, प्रधानको नाम भने प्रदेश सभा सदस्यका लागि सिफारिस गरियो ।
तर, टिकट वितरणका क्रममा उनी नपरेपछि पार्टी परित्याग गर्दै थापा विरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
हिजो रैतिबाट नागरिक बनाउने गणेशमान सिंह, पार्टीभित्र सुकिला मुकिलाको बिगबिगी बढेकाे खण्डमा फेरि अर्को क्रान्ति गर्ने आँट गर्नुपर्छ भन्ने विशेश्वरप्रसाद कोइरालाकाे वाक्यांसलाई आधार मानेर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।
´विशेष गरेर काठमाडौं जिल्ला क्षेत्र नम्बर चार (४) का सचेत मतदाताहरूमा म स्वतन्त्र उम्मेदवार बिनोदबाबु प्रधान पार्टीलाई जाेगाउन हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
नेपाली कांग्रेसको नियम, कानुन, विधि,विधान नियावली, २०४०काे नेपाल विद्यार्थी आन्दोलन युवा अवस्थादेखि ३८ वर्षसम्मको नेपाली कांग्रेसको राजनीतिलाई आफूले पूर्णबिराम लगाएको उनले बताए ।
नेपालको संविधानले दिएकाे हक अधिकार सुनश्चितता, लोकतान्त्रिक समाजको आवश्यकता, मौलिक हकको संरक्षण, नेपाल र नेपाली भएर बाँच्नु पाउने अधिकार, विदेशी हस्तक्षेपविरुद्ध एक जुट हुनेबेला भएकाले राजीनामा दिएको उनले बताए ।