राजविराज । सप्तरीमा आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि २ सय भन्दम बढीले मनोनयन दर्ता गराएका छन् ।
सप्तरीमा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित विभिन्न पार्टी र स्वतन्त्र गरी २ सय भन्दम बढीले मनोनयन दर्ता गराएका हु्न ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९का लागि आइतबार विभिन्न पार्टी तथा स्वतन्त्र गरि २ सय भन्दा बढीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रमेश कुमार जोशीले बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्दू यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित ११ जनाले प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छन्।
एमाले – जसपा गठबन्धनबाट उपेन्द्र यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट डा. राउतले मनोनयन दर्ता गराएका छन् ।