close

प्रत्यक्ष प्रतिस्पर्धामा महिलाको उम्मेदवारी ९ प्रतिशतमात्र

प्रत्यक्ष प्रतिस्पर्धामा महिलाको उम्मेदवारी ९ प्रतिशतमात्र

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा २३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।

निर्वाचन आयोगको हिजो राति ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न २३१  महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ छन् ।

त्यस्तै, नेकपा (एमाले)का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई छन् ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौं–२ बाट ओनसरी घर्ती, काठमाडौं–९ बाट कल्पना धमला, काठमाडौं–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिएकी छन् । 

प्रतिनिधिसभातर्फ कुल दुई हजार ४७४ मध्ये दुई हजार २४२ पुरुष र महिला २३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा तीन हजार ३९३ मध्ये पुरूष तीन हजार ९९, महिला २९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।