काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादीबाट नेकपा एमालेमा आएका साहले पार्टीले उनका निकटस्थलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदरी दर्ता गराएका हुन् ।
नेकपा एमालेले मधेश प्रदेश जसपालाई जिम्मा लगाउन खोजेको उनको आरोप छ ।
‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो’, साहले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ ।’