काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मी -२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
साथै, यस क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्टले पनि उम्मेदवार दर्ता गराएका छन् ।
झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्णले आफ्नै पार्टी एमालेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेको भन्दा सत्ता गठबन्धनले बढी मत ल्याएको थियो ।