close

मेरो क्षेत्रमा प्रचण्ड उठाउँदा खुसी छु : बाबुराम

मेरो क्षेत्रमा प्रचण्ड उठाउँदा खुसी छु : बाबुराम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई आफूले तोडेको बताएका छन् । यस्तै, आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको बताएका छन् ।

आफ्नो क्षेत्र गोरखा-२मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकाे उम्मेदवारी दर्ताका लागि गोरखा पुगेका नेता भट्टराईले यस्तो बताएका हुन् । 

‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पर्थ्यो, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुसी छु ।’

प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो खुलेको उनले बताए ।