काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछिको पाँच वर्ष मुलुकको ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन् ।
आगामी मंसिर-४ मा हुने निर्वाचनका लागि काठमाडौं- ४मा उम्मेदवारी दर्तापछि उनले यस्तो बताएका हुन् ।
‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने ।
निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए ।