काठमाडौं । आछाममा नेकपा एमालेका उम्मेदवार उम्मेदवारी दर्ता गर्न जाँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी तथा कालो झन्डा देखाएकएको छ ।
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ ।
बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो । नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् ।
अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए ।
रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।