काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा-१ आफ्ना लागि सुपरिचित निर्वाचित क्षेत्र भएको बताएका छन् ।
चितवन-३ छाडेर गोरखा-१मा उम्मेदवारी दर्ता गराएका उनले उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
साथै, उनले आफूले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताए ।
प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए ।