काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताअघि उनी पूजाआजा गर्न मन्दिर गएका थिए ।
रातो टीका र रातो गलबन्दीका साथ उम्मेदवारी दर्ता गर्न पुगेका उनले आफू निर्वाचन जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।