close

माधव नेपालले गरे उम्मेदवारी दर्ता

माधव नेपालले गरे उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेद्वारका रुपमा उनले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघ काठमडौं-२बाट उनी प्रतिनिधिसभामा विजयी भएका थिए ।  यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र  प्रदेश सभा सदस्यका लागि देशभर एकसाथ उम्मेद्वारी दर्ता भइरहेको छ ।