close

पूर्वसभामुख घर्तीलाई रुपन्देही- १ बाट काठमाडौं-२ मा ल्याइयो

पूर्वसभामुख घर्तीलाई रुपन्देही- १ बाट काठमाडौं-२ मा ल्याइयो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेवारी घोषणा गरेका घनश्याम भूसाल रुपन्देही-१ बाट उठ्ने भएको छ । यससँगै रुपन्देही-१ की उम्मेदवार ओनसरी घर्ती मगरलाई नेकपा माओवादीले काठमाडौं-२ बाट उठाउने भएको छ । 

रुपन्देही-१ मा रावललाई गठबन्धनले समर्थन गर्ने भएपछि पूर्वसभामुखसमेत रहेकी घर्तीलाई माओवादी केन्द्रले काठमाडौं- २ मा ल्याएको हो ।

मा‌ओवादी अध्यक्ष दाहालले शनिबार भूसाललाई समर्थन गर्ने भएपछि पूर्वसभामुख घर्तीलाई काठमाडौं-२ मा आउन आग्रह गरेका थिए । अध्यक्ष दाहालको आग्रहमा उनी काठमाडौं- २ का लागि तयार भएकी हुन् ।