close

रावल-भुसाल टिकट प्रकरण : शाहीले दैलेखबाट चुवाव लड्ने, अरु विद्रोही कता ?

रावल-भुसाल टिकट प्रकरण : शाहीले दैलेखबाट चुवाव लड्ने, अरु विद्रोही कता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले पार्टीका प्रभावशाली नेताहरू घनश्याम भुसाल, भीम रावललगायतलाई पाखा लगाएकोमा आपत्ति जनाउँदै असन्तुष्ट बनेका योगेन्द्र शाही दैलेख प्रदेश 'ख'बाट उम्मेदवार बन्ने भएका छन् । 

कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्यसमेत रहेका शाही गठबन्धनमा रहेका राजनीतिक दलको आग्रमबमोजिम  उम्मेदवार बन्न लागेका हुन् । 

नेकपा एमालेले घनश्याम भुसाल, भीम रावललगायत नेताहरूलाई टिकट नदिएपछि शाहीले पनि हिजै एमाले परित्याग गर्ने घोषणा गरेका थिए । उनले एमालेका केन्द्रीय अर्थ तथा योजना विभागका सचिवको रुपमा काम गरेका थिए । उनी नेकपा एमालेको बौद्धिक नेताको रुपमा चिनिन्छन् ।

यसअघि नेकपा एमाले अछाम जिल्ला कमिटीका चारजना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरिसकेका छन् । भीम रावललाई टिकट नदिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । 

त्यस्तै, घनश्याम भुसालले पनि एमाले त्याग गरेको घोषणा गरेका छन् । भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् भने गठबन्धनले उनलाई पनि साथ दिने जनाउ दिइसकेका छन् ।