close

सभामुखले छाडे सरकारी सेवा सुविधा

सभामुखले छाडे सरकारी सेवा सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएका उनका प्रेस विज्ञश्रीधर न्यौपानेले जानकारी दिए । 

सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए । न्यौपानेका अनुसार संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश फिर्ता गरेका छन् । 

उनले आफूले  युवापुस्तालाई अवसर दिनका लागि सो निर्णय गरेको बताएका थिए । 

निर्वाचन आयोगले गत असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेदवारहरूको मनोनयन दर्ता गरेसँगै प्रतिनिधि सभा र प्रतिनिधि सभा सदस्यको कार्यकाल समाप्त भइसकेको बताउँदै आएको छ ।