close

भीम रावलको निर्वाचन क्षेत्रबाट झपट बोहोरालाई टिकट

भीम रावलको निर्वाचन क्षेत्रबाट झपट बोहोरालाई टिकट

Trulli
ADVERTISEMENT

काठमाडौं । भीम रावलको निर्वाचन क्षेत्रबाट नेकपा एमालेले झपट बोहोरालाई टिकट दिइएको छ । 

नेकपा एमाले स्रोतका अनुसार नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरालाई नेकपा एमालेले टिकट दिएको हो । बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । 

योसँगै  नेकपा एमालेका नेता भीम रावलले अछाम–१ बाट टिकट नपाउने भएका छन् । एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् । यसअघि अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो ।