close

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा आज पनि बैठक बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान पुनः बैठक बोलाइएको छ । 

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। 

पटक–पटक बैठक बस्दा पनि सिट बाँडफाँट टुंगिन नसकेकै बेला जसपाले १५ सिट पाउने समाचार बाहिरिएपछि पार्टीको कार्यकारिणी समितिको बैठकले गठबन्धन बाहेकका दलहरुबाहेकसँग तालमेलको ढोका खुला राख्ने निर्णय गरेको थियो ।