close

उम्मेद्वारी चयन गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई

उम्मेद्वारी चयन गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बिहीबार बालकोटमा बसेको सो बैठकले उम्मेद्वारी चयन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको हो ।

‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने । उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो ।

६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन । ‘छलफल भयो, तर निर्णय भएको छैन’, सचिव पद्मा अर्यालले भनिन् । थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन् ।

आगामी निर्वाचनमा नेकपा एमाले गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा जाँदैछ ।