close

बाहिरियालाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च भइरहेको छ : पूर्वराजा शाह

बाहिरियालाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च भइरहेको छ : पूर्वराजा शाह

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च भइरहेको बताएका छन् । 

वियजा दशमीकै अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै  यस्तो बताएका हुन् ।  राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताएँदै उनले देशमा बलियो मियोको आवश्यक रहेको बताए । 

‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ,’ उनले भनेका छन् ।

नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।

‘अर्कातिर बाहिरियाहरुलाई भित्राउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपन्चप्रति चासो र चिन्ता बढेको छ,’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, सँस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’

हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै  उनले मौलिका धार्मिक, साँस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको बताए ।