close

नेकपा एमालेको सचिवालय बैठक आज

नेकपा एमालेको सचिवालय बैठक आज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ । नेकपा एमालेका अनुसार ३ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको हो । 

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको स्रोतले जनाएको छ । 

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने र प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने बताइएको छ ।