close

रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष बनेका छन् । 

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका हुन्।

यसअघि लिङ्देन र मिश्रबीच चारबुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । पहिलो नम्बरमा मिश्रको पदबारे उल्लेख छ। राप्रपामा वरिष्ठ उपाध्यक्ष पद विधानअनुसार नभए पनि संशोधन गरी यो पद सिर्जना गर्न सहमति भएका छन् । 

यस्तै राप्रपामा मिश्रसँगै आउनेलाई कार्यसम्पादन, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गरिने सहमति छ। त्यसमा लिङ्देन र मिश्रबीच समझदारीमा १० दिनभित्र समायोजनकका काम सक्ने उल्लेख छ।

प्रदेश तथा अन्य तहगत समायोजनका लागि राप्रपाबाट २ र मिश्र पक्षबाट २ गरी चार सदस्यीय कार्यदल बनाइएको पनि उल्लेख छ।

साथै एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न आह्वान गर्ने सहमति पत्रमा उल्लेख छ ।