close

रवीन्द्र मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष

रवीन्द्र मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने पक्कापक्की भएको छ ।

गत वैशाख ३० को स्थानीय चुनावपछि मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

हिजो (सोमबार) उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

मिश्र भोलि (बुधबार) राप्रपा प्रवेश गर्ने कार्यक्रम छ । मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्नेछन् ।

राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो ।

मिश्रसहित केही नेता बुधबार राप्रपा प्रवेश गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

विवेकशील साझाका केही नेतासहित मिश्र राप्रपामा प्रवेश गर्दै छन् ।