close

गणतन्त्र मास्ने प्रयास भइरहेको प्रचण्डको आरोप

गणतन्त्र मास्ने प्रयास भइरहेको प्रचण्डको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र मास्ने प्रयास भइरहेको बताएका छन् । 

सोमबार चितवनमा भएको एक कार्यक्रमलाई संबोधनका क्रममा संविधान उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन्। 

‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रम चिर्न सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।