close

सामूहिक राजीनामा दिएपछि धनकुटा माओवादी केन्द्रका नेता/ कार्यकर्ताले भने : भावनामा ठेस लाग्यो

सामूहिक राजीनामा दिएपछि धनकुटा माओवादी केन्द्रका नेता/ कार्यकर्ताले भने : भावनामा ठेस लाग्यो

Trulli
ADVERTISEMENT

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटा नेताहरुले सामूहिक राजीनामा दिएका छन्।

आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र र जिल्ला सदस्य १ सय ५० जनाले सामुहिक राजीनामा दिएका हुन् ।

भण्डारी मंसिर ४ गते हुने निर्वाचनमा संघमा आकांक्षी रहेको तर, तर, गठबन्धनबाट तथा पार्टीबाट टिकट पाउने संभावना नभएपछि राजिनामा दिए । 

११ दिनअगाडि पार्टी अध्यक्ष प्रचण्डसँग राजीनामा दिएर आएको र जिल्लामा सल्लाह गर्दा जिल्लाले सहयोग गरेको उनले बताए । 

‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ। पार्टीमा न्याय र विधि पनि अत्यन्त न्यून हुँदै गएको छ। परिर्वतनका लागि लडेका साथीको पनि भावनामा ठेस लागेको छ,’ भण्डारीले भने ।