close

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आयोगले यसअघि   राजपत्रमा  आचारसंहिता प्रकाशित गरेको छ । 

त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ ।

संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।