close

मंसिर ४ को चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

मंसिर ४ को चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । 

यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ । मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । 

यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयनको कार्यसूची छ ।