काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफलका लागि कानुनविद् परामर्श गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार देउवाले १५/२० जना कानुन विद् बोलाउन निर्देशन दिएका छन् ।
यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।