काठमाडौं । गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्य छलफलमा जुटेका छन् ।
निकै लामो समयदेखि सिट बाँडफाँडमा जुट्दै आएका गठबन्धनका नेताहरू आज पनि सिट बाँडफाँडमा जुटेका हुन् ।
यतिखेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता सहित कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ ।
११ सदस्यीय कार्यदलमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता छन् ।
दलहरुबीच सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेशसभा दुवैमा सहमति गर्ने बताउदै आएका छन् ।