काठमाडौं । निर्वाचन आयोगले चुनावी खर्च विवरण समयमा नबुझाएपछि काठमाडौंका मेयरले साढे सात लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
काठमाडौंका मेयर बालेन शाहलाई निर्वाचन आयोगले साढे सात लाख जरिवाना तोकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
आयोगका अनुसार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले साढे पाँच लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । आयोगको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६२४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय हो । चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गरेको भन्दै आयोगले जरिवाना तोकेको हो।
पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने कानुनी व्यवस्था छ ।