close

सिराहामा ओलीको कार्यक्रमका लागि विद्यालय नै बन्द

सिराहामा ओलीको कार्यक्रमका लागि विद्यालय नै बन्द

Trulli
ADVERTISEMENT

सिराहा । गोलबजार नगरपालिका-८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठापाठन राजनीतिक आमसभाका लागि बन्द गरिएको छ । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमका लागि विद्यालयको पठनपाठन नै ठप्प पारिएको छ । कक्षा १२ सम्म  पढाइ हुने यस विद्यालय परिसरमा शुक्रबार एमालेले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । 

कार्यक्रमका कारण विद्यालयमा अध्ययनरत विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् भने यसबारे विद्यालयले भने कुनै प्रतिक्रिया दिन चाहेन ।