close

कांग्रेसले अन्य दललाई जतिखेर पनि लात्त हान्न सक्छ : एमाले नेता पौडेल

कांग्रेसले अन्य दललाई जतिखेर पनि लात्त हान्न सक्छ : एमाले नेता पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले गठबन्धनमा आबद्ध अन्य दललाई जतिखेर पनि लात्त हान्न सक्ने बताएका छन् । 

बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तर्क्रियाका क्रममा नेता पौडेल यस्तो बताएका हुन् । 

‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरुले सगौरव लात खानुपर्छ ।’

यस्तै, गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए ।

‘गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएका छन्’, पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’