close

गठबन्धनविरुद्ध कांग्रेस बोल्न मिल्दैन : गृहमन्त्री खाँण

गठबन्धनविरुद्ध कांग्रेस बोल्न मिल्दैन : गृहमन्त्री खाँण

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताले सत्तारुढ गठबन्धनविरुद्ध बोल्न नमिल्ने बताएका छन् । 

कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले  यस्तो बताएका हुन् । 

पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको बताए ।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्छ, तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन ।’