काठमाडौं । गठबन्धनको बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण स्थगित भएको हो ।
यसअघि आज ३ बजे नै बालुवाटारमा गठबन्धनको बैठक बस्ने तय भएको थियो ।
बैठक भोलि चार बजेका लागि बोलाइएको छ । सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुगों लगाउनका लागि बैठक बोलाइएको थियो ।