close

सिट बाँडफाँड आज टुंग्याउँछौँ :  प्रचण्ड

सिट बाँडफाँड आज टुंग्याउँछौँ :  प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नहेको बताएका छन् । 

शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।  गठबन्धनमा सिट बाँडफाँटमा समझदारी भइसकेको उनको भनाइ छ । 

‘हिजो अरू नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो’, उनले भने, ‘कतिपय बेला म उद्योग परिसंघको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । तर, आज हामी  जसरी भए पनि टुंग्याउँछौँ ।’