close

दर्जन जिल्लाका सीडीओको सरुवा : एमालेको आपत्ति

दर्जन जिल्लाका सीडीओको सरुवा : एमालेको आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले निर्वाचनको सम्मुखमा एक दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौं र ललितपुरलगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार ललितपुरका सिडिओ घनश्याम उपाध्याय काठमाडौंमा  आएका छन् । काठमाडौंका सिडिओ गोविन्द रिजाल गृह  मन्त्रालयमा तानिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपान पठाइएकफ छ ।  

सरकारले निर्वाचन घोषणा भइसकेपछि कर्मचारी सरुवा गरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्दै  निर्वाचन प्रभावित गर्नका लागि सरकारले कर्मचारी सरुवा गरिरहेको आरोप लगाएका हुन् । 

निर्वाचन प्रभावित गर्नेगरी आफ्ना मान्छे छानिछानी पठाउने काम गरिएको एमालेले आरोप लगाएको हो । सरकारले मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन मिति तोकिसकेको छ ।