close

महाअभियोग सिफारिस समितिमा एमालेलको तीनबुँदे फरक मत

महाअभियोग सिफारिस समितिमा एमालेलको तीनबुँदे फरक मत

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा तीनबुँदे फरक मत राखेको छ ।

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकमा एमालेबाट सिफारिस समितिमा प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले तीनबुँदे फरक मत राखेका हुन् ।

एमालेले महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएमा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने बताएको छ ।

त्यस्तै, प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले तीन महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने एमालेको भनाइ छ ।

एमालेले समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता पनि माग गरेको छ । एमाले सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर आफ्नो फरक मत ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई बुझाएका छन् ।